
रौतहट,
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ट्रक चालक सहित ३ जना पक्राऊ परेका छन् । रौतहटमा युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित ३ जना युवा पक्राउ परेको हो । फतुवा बिजयपुरमा ट्रकभित्रै युवतीलाई बलात्कार गरेको आरोपमा चालक र दुुईजना सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवती बलात्कृत भएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी दिए ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक वर्ष २९ का बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु वर्ष १८ का बिनोद रानाभाट र वर्ष १९ का केशर मगर रहेको निरिक्षक साहले जानकारी दिए । गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुर्याईदिन्छु भनी उनीहरुले ट्रकमा चढाएका थिए । बरगिनिया चौक पुगेपछि युवतीलाई बन्धक बनाउँदै उनीहरुले ट्रकभित्रै बलात्कार गरेका थिए भने पिडितले रोई कराई गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
पीडित युवतीको साउन १६ गते शुक्रबार साँझ स्वास्थजाँच भइसकेको छ । आरोपी तिनैजना उपर जबरजस्ती करणी सम्बम्धी मुद्धा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद समेत थमाईएको र ट्रक समेत नियन्त्रणमा रहेको निरिक्षक साहले जानकारी दिए । पीडित युवतीको अभिभावक हालसम्म सम्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवाकेन्द्र गरुडामा राखिएको निरिक्षक शाहको भनाई छ ।
https://www.youtube.com/watch?v=0_MgXsCTLOU