समाचारस्थानीयस्वास्थ्य

सुनसरीको धरानमा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि

धरान,

सुनसरीको धरानमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते आईतबार धरानमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा धरान १३ का कोरोना संक्रमित युवा काम गरेको धरान औद्योगिक क्षेत्रको उद्योगका ५ जना र अरु एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरान १३ का कोरोना संक्रमित युवाले काम गर्ने गरेको धरान ८ तीनकुनेमा रहेको धरान औद्योगिक क्षेत्रका ५ वर्षीय बालिका देखि ४३ वर्ष उमेर समूहका रहेको बताइएको छ । ५ वर्षीय १ बालिका, ९ वर्षीय १ बालक, २८ र ४३ वर्षीय पुरुष र एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु बिचमा विराटनगर र जनकपुर गएर आएको बताइएको छ । १३ नम्बर वडाका युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उनीहरूको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।

यसै गरी धरान १७ एन्फा क्वारेनटाइनमा बस्ने ४ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती ४ जना भारतीय सेनामा कार्यरत रहेको र उनीहरु भारतको मणिपुरबाट आएको बताइएको छ । तिनीहरु मध्ये धरान १६ का ५७ वर्षीय, धरान ११ का ३५ वर्षीय, धरान १८ का २७ वर्षीय, धरान १५ का २३ वर्षीय पुरुष रहेको बताइएको छ । यो सँगै धरान उपमहानगरपालिकामा क्वारेनटाइन बाहिरका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

https://www.youtube.com/watch?v=gRacXjJRifA&t=14s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button