समाचारस्वास्थ्य

पछिल्लो २४ घण्टामा दुई सय ४६ जनामा कोरोना पुष्टि

काठमाण्डौं,

पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोना संक्रमित पुष्टि भएको छ । साउन १८ गते नेपालमा थप २ सय ४६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

१० हजार ९ सय ६४ जना क्वारेन्टाइनमा रहेको पनि पत्रकार सम्मेलनमा डा.गौतमले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा १ सय ११ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ जना पुगेको डा. गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button