
काठमाण्डौं
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साउन २० गते यो संख्या थपिए संगै नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या १५ हजार २६ रहको जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ ।
साउन २० गते मंगलबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संग नेपालमा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भईसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा मोरङको विराटनगर (५ का ७७ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको प्रा.डा. गौतमले ब्रिफिङमा जानकारी दिए ।