जीवन शैलीसमाचारहेडलार्इन

हर्क साम्पाङको समर्थकमाथि प्रहरीले बल प्रयोग गरी म्याद थप गर्न लैजादै(भिडियो सहित )

धरान,

धरान एडीबी खानेपानीको मुहानको पाइपलाइनमा तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई म्याद थप गर्न उनको समर्थकमाथि प्रहरीले बल प्रयोग गरी जिल्ला अदालत लगेको छ । साम्पाङलाई म्याद थप गर्न लैजाने जानकारी पाएपछि उनको समर्थकहरु साउन २१ गते बुधबार बिहानै देखि धरान ईलाका प्रहरी कार्यालय गेटमा धर्ना दिन पुगेका थिए । साम्पाङलाई विना सर्त रिहा गर्नु पर्ने भन्दै उनको समर्थकहरुले म्याद थप गर्न लैजाने क्रममा अवरोध गरेका थिए । स्थानीयले अवरोध गरेपछि इलाका प्रहरी कार्यालयका प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हातपात र लछारपछार गदै साम्पाङ रहेको गाडी जिल्ला अदालत तर्फ लगिएको हो ।

धरान ईलाका प्रहरी कार्यालय आसपासमा केही समय तनावपुर्ण भएको थियो । पक्राउ परेका साम्पाङका समर्थकहरुलाई बिना सर्त छोड्ने जानकारी दिएर केही समयपछि एकासी प्रहरीले म्याद थप गर्न लैजादा उनका समर्थक स्थानीयहरुले सडक अवरोध गर्न खोजेका थिए । अवरोध गर्न खोजेको भन्दै प्रहरीले महिलाहरुमाथि नै हातपात गरेको स्थानीयहरुको आरोप छ । ‘छलफल गरेर छोड्ने कुरा थियो, तर डिएसपी बाहिर निस्किए पछि म्याद थप गर्न लैजान खोज्दा हामीले रोक्यौ,’भक्तसिंह राजपुतले भने,‘घम्साघम्सी, ठेलामठेल भयो । महिलाहरुमाथि ज्यादती भयो ।’

साम्पाङलाई ईलाका प्रहरीले साउन २० गते राती करिब ९ बजे धरान १८ स्थित बुद्ध चोकबाट पक्राउ गरेको थियो । धरान एडीबी खानेपानी व्यवस्थापन बोर्डले साम्पाङविरुद्ध खानेपानी पाइपलाइन तोडफोड गरेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो । यता साम्पाङले ‘भने खानेपानी संस्थानको प्रमुख सहितका टोली गएर मुहानमा व्यवसायीक पलम्बरले नै पाईप छुटाई खानेपानीको पाईपमा जडान गरेका हौं हामीले खानेपानी बोडेको पाईपमा कुनै क्षति हुनेगरी तोडफोड गरेका छैनौं मलाई झुठ्टो मुद्दामा पसाउन खोजिएको छ । तर धराने जनाताले मलाई साथ दिन्छ भन्ने विश्वास लिएकोछु मैले मेरो व्यक्तिगत फाईदाका लागि यस्तो काम गरेको होइन हाम्रो टोलमा एक हप्ता देखि पानी नआएपछि के समस्याले पानी धारामा नआएको रहेछ भनेर खानेपानी संस्थानको प्रमुख राम कुमार श्रेष्ठको टोली सहित गएर मुहानमा हेर्दा खानेपानीको पाईप एडीबीको पाईपमा जडान गरेको रहेछ त्यसलाई सबैको अगाडी पम्बरले नै रेन्चीले खोलेर खानेपानीको पाईपमा जोडेका हांै । भ्रष्टाचार र अनियामितको आवज उठाउँदा मलाई झुठ्टो मुद्दा लगाएर पक्राउ गरिएको छ ’ साम्पाङले कोशीपोष्ट डटकम संग कुरा गदै भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button