समाचारस्वास्थ्य

मोरङमा दुई जना पत्रकारसहित नयाँ २२ जना कोरोना संक्रमित

विराटनगर,

मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा २ जना पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।् । शुक्रबार साँझ प्राप्त भएको पछिल्लो पीसीआर परीक्षण रिपोर्टले २ पत्रकारमा पनि कोरोना रहेको देखाएको हो । दुवै जना पत्रकार विराटनगरबाट प्रकासित हुने दैनिक पत्रिकामा कार्यरत छन् ।

उनीहरुसँगै काम गर्ने अरु पत्रकारले पनि स्वाब संकलन गराएको छ । बाँकीको भने रिपोर्ट प्राप्त नभइसकेको महानगरपालिकाले जनाएको छ । स्वाब संकलन गरी परीक्षणका लागि दिएकामध्ये केहीमा कोरोनाको लक्षण पनि देखिएको छ । पत्रकारलाई कोरोनाको लक्षण देखिएसँगै उक्त दैनिकले आफ्नो प्रकाशन अनिश्चितकालका लागि बन्द गरेको छ ।

साँझ संक्रमण पुष्टि भएकाहरुमा विराटनगर –२ का ४, विराटनगर–३ का १, विराटनगर– ५ का १, विराटनगर –६ का २ विराटनगर –७ का ३जना छन्।् । त्यस्तै विराटनगर–८ का १, बिराटनगर १० का १ , बिराटनगर ११ का १, बिराटनगर १३ का ४ र विराटनगर–१४ का १ जना गरी २२ जनामा कोरोना भाईरस देखिएको छ । शुक्रबार दिउँसो विराटनगरमा ३३ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ २२ जना थपिएका हुन्। नयाँ थपिएकासँगै विराटनगरमा संक्रमित हुनेको संख्या २ सय ४५ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button