समाचारसमाजस्थानीयहेडलार्इन

नेकपाको ब्ल्याकमेलिङ ः अनुगमन समिति संयोजक गोले, आयोजना प्रमुख पोखरेल र परामर्शदाता नेपाल बिरुद्ध अख्तियारमा उजुरी

धरान,

धरानमा परीक्षणकालमा रहेको असफल एडीबी खानेपानी परियोेजना जिम्मा लिन नेकपाले ब्ल्यकमेलिङ गदै आएको सर्वपक्षीय अनुगमन समिति संयोजक सुजेन्द्र गोलेको भनाई छ । एशियाली विकास बैंक(एडिवी) को ऋणमा ल्याइएको करिव ३ अरबको असफल खानेपानी आयोजना जस्तो छ त्यस्तै जिम्मा लिईहाल्न र खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखालाई गाभीहाल्न नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव एंव सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोले बताउँछन् । उपनिर्वाचनवाट नगर प्रमुख निर्वाचित भएका नेपाली कांग्रेसका धरान नगर सभापति तिलक राईलाई नगरको परिषद र कार्यापालिकामा दुईतिहाई भएको आडमा असफल एडीबी परियोजना जिम्मा लिन नेकपाले ब्ल्याकमेलिङ गरेको गोलेले बताए ।

आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न नेकपा लागी परेका छन् संयोजक गोले बताउँछन् । दुईतिहाईको दम्भमा नेकपाका जनप्रतिनिधिहरुले आफैले विज्ञको समिति बनाई आयोजनाको मूल्यांकन तथा प्राविधिक र आर्थिक परीक्षण गर्ने र विज्ञको प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिइने भनी कार्यापालिका बैठकमा गरेको निर्णयको समेत प्रवाह नगरी दवाव र व्ल्याकमेलिङ गर्नुले आयोजनामा ठुलै चलखेल भएको हुनसक्ने संयोजक गोलेको भनाई छ ।
आयोजना अनुगमन समितिका संयोजक समेत रहेका गोलेले आयोजनाले डिपिआर र सम्झौता बमोजिम कुनैपनि लक्ष्य पूरा गर्न नसकेको बताए ।

आयोजनाले सन् २०३१ सम्ममा वृद्धि हुने जनसंख्यालाई ७ मिटरको प्रेसरमा दैनिक न्यूनतम् १६ घण्टा शुद्ध पानी उपलब्ध गराउने भनिएपनि वर्षायाममा समेत उक्त मापदण्ड र लक्ष्य हासिल भएको नपाइएकाले प्राविधिक र व्यवहारिक रुपमै आयोजना असफल भईसकेको उनले बताए । साउनको दिनमा पनि दिन विराएर आधा घण्टा देखि पौने घण्टा मात्रै पानी वितरण गर्ने गरेको, उपभोक्ताले पानीमोटर जडान गर्नुपरेको, धमिलो र लेदो मिसिएको धरानेबासीले पानी खान वाध्य भएको संयोजक गोले बताउँछन् । कतिपय वडाहरुमा परीक्षण अवधिमै अहिले पनि ट्याङकरवाट पानी किनेरे खानु परेकोे, डिपिआर विपरित थप २ वटा वेल निर्वाचन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको जस्ता ज्वलन्त उदाहरणले पनि आयोजना असफल भएको पुष्टि भएको संयोजक गोलेको भनाई छ ।

एडीबी खानेपानी आयोजनको वीत्त्यालेखापरिक्षण र प्राविधिक लेखापरिक्षण गरी खर्च सार्वजकिकरण गर्न उपभोग्ताहरुले पटक पटक अनुरोध गर्दा समेत बेवास्ता गरेपछि आयोजनामा ठुलै भ्रष्टाचार भएको भन्दै आयोजना प्रमुख राजु पोखरेल र परामर्शदाता अनिल नेपाल बिरुद्ध अख्तियारमा उजुरी परेको छ । एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकार र धरान उपमहानगरपालिकाको संयुक्त लगानीमा एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको करिव ३ अरबको धरान खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै विभिन्न २९ राजनीतिक दल, नागरिक समाज र संघसंस्था सम्मिलित सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समितिले इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दर्ता गरेको हो ।

संघर्ष समितिले आयोजनालाई असफल बनाउने आयोजना प्रमुख तथा धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल र आयोजनाका परामर्शदाता अनिल नेपाललाई उजुरीमा किटानी गर्दै अन्य जिम्मेवार एव्म संलग्न सबैलाई अविलम्व छानवीनको दायरामा ल्याई निजहरुको सम्पति समेत छानवीन गरी आवश्यकतानुसार निलम्वन समेत गरी कडा कारवाही गर्न माग गरेको छ । उजुरीमा आयोजनाको आर्थिक र प्राविधिक पक्षको समेत छानवीन गर्न भनिएको छ ।

https://www.youtube.com/watch?v=qb0ZFTNhMqI&t=22s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button