
मोरङ,
अवैध सुन लिएर भारत छिर्न खोज्ने एक जना बिराटनगरबाट पक्राऊ परेका छन् । श्यामलसेन गुप्तालाई प्रहरीले सुनको चक्की सहित विराटनगरबाट पक्राउ गरेको हो । भारत लैजान खोजिएको २३ लाख ७१ हजार मूल्य बराबरको अवैध सुनसहित विराटनगर महानगरपालिका –१६ दरैया बस्तीबाट सशस्त्र प्रहरीले श्यामलसेनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर –१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बल बीओपी बखरीको टोलीले गुप्ताको साथबाट २सय ६७ ग्राम सुनको चक्की बरामद गरेको छ । दरैया हुँदै सुन भारत कटाउन लागेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी मोरङका प्रहरी उपरिक्षक तिर्थ पौडेलले लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेको पाइएपछि शंका लागेर चेकजाँच गर्दा अवैध सुन बरामद भएको जानकारी दिए । पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि सशस्त्रले आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । उनको साथबाट पाँच हजार नेपाली रुपैयाँ, साइकल र मोबाइल पनि बरामद भएको प्रहरी उपरिक्षक पौडेलले बताए । सशस्त्रले पनि आफ्नो हिसाबले अनुसन्धान गरिरहेको छ । बरामद भएको धातु सुन नै भएको प्रमाणित सुनचाँदी व्यवसायी संघ मोरङले गरेको छ ।
https://www.youtube.com/watch?v=zt02HNe_LM4&t=1s