
धरान,
नेपाल तरुण दलले वीपी प्रतिष्ठानमा लगाएको ताल प्रहरीले खुलाएको छ । नेपाली कांग्रेसनिकट नेपाल तरुण दल नगर र महेन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा गरेको तालाबन्दी प्रहरीले खुलाएको हो । ४ महिनाअघि नै उद्घाटन गरेको प्रतिष्ठानको कोभिड– १९ अस्पताल हालसम्म सञ्चालनमा नआएको भन्दै विद्यार्थी युनियानले तालाबन्दी गरेका थिए ।
युनियानले एक्कासी कुनै अल्टिमेटम नदिई तालाविन्दी गरेको भन्दैं कुनै पदािधकारीहरु नभएको समयमा तालाबन्दी गरिएको भन्दै इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले ताला खुलाएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । कुनै माग नराखी ताला लगाइएको पाईएकाले ताला खुलाईएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
https://www.youtube.com/watch?v=smmUt7GvTbY&t=286s