
धरान,
धरानमा उत्पादन भएको तरकारी धरान बजार भित्र डुलाएर बेच्न पाईने भएको छ । धरानमा लकडाउनको समयमा दुध र तरकारी सहज रूपमा खरिद बिक्री गर्न नपाएको गुनासो आएपछि धरान उपमाहानगरपालिकाले दुध र तरकारी जन्य बस्तुको आन्तरिक उत्पादनलाई सहजीकरण गर्ने भएको हो । जस अनुरूप धरानका कृषि वडाहरूबाट बजारमा बिक्री लागि तरकारी लान पाउने जनाएको छ । यो भन्द अघि उपमनगरपालिकाले गरेको लकडाउनलाई कडाईका साथ लागु गर्न दुध र तरकारी जन्य बस्तुको आयत तथा बिक्रीमा समेत रोक लगाईएको थियो । यो भन्द अगाडी उपमहानगरपालिकाले गरेको लकडाउनको समय अवधि आज राती सकिदैछ ।
लकडाउनको समय सकीनै लाग्दा कार्यपालिकाको बैठकले थप एक साताको लागी लकडाउन घोषणा गरी बाहिरबाट आउने खाद्यान्न, तरकारी तथा दुधजन्य बस्तुलाई रोक्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिका भित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको वार्ड नं ९का वडाध्यक्षय रत्न कटुवालल जानकारी दिए । धरान ४, ५, ६, २० लगायतबाट उत्पादन हुने तरकारी बजारमा ल्याएर डुलाएर बिक्री गर्न दिईने भएको तर छ । बाहिरबाट ल्याएको तरकारी बिक्री गर्न रोक लगाईने अध्यक्ष कटुवालले बताए ।
धरान १३ स्थित कृषि उपजमा मैजदात रहको तरकारी विक्रीका लागी बिहिबार र शुक्रबार दुई दिनको समय दिईएको अध्यक्ष कटुवालको भनाई छ । उनले भने कृषिबजारमा भएको तरकारी विक्रीका लागी २ दिनको समय दिईएको बताउदै उपमेयर कृषिउपज केन्द्र जाने पनि अध्यक्ष कटुवालले जानकारी दिए । त्यस्तै, यसअघि रातिको समयमा लुकाईछिपाई ल्याएको तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएको थियो उक्त तरकारी १५ ,१६ र १७ का वडाध्यक्षको समन्यनमा व्यापारीलाई कारवाही स्वरूप प्रति किलो किनेको भन्दा कम्तीमा ७ रूपैया घटाएर बिक्री गर्न दिइने कटुबालले बताएका छन् । कृषकले पशु आहार ल्याउनपरे रातीको समयमा १० देखी १२ बजे भित्र ल्याई सक्ने गरी अनुमती दिईएको पनि जानकारी दिएका छन् ।