
धरान,
धरानमा साउन ३० गते फेरि २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा बनेको रेनडोम मास टेस्टिङ समितिले समुदायमा गरेको मास टेस्टिङको क्रममा शुक्रबार (आज) २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जनाएको छ ।
कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय एक जना महिला र इटहरी ८ ठेगाना उल्लेख गरिएको ३० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित हुने मध्ये एक जना इटहरीका हुन तर उनलले धरानको मास टेस्टिङमा स्वाब दिईएको बुझिएको छ । उनको बारेमा थप जानकारी लिने क्रममा रहेको प्रमुख मेहेताले बताए । साउन २६ गते एन्फा क्वारेनटाइनमा लिईएको स्वाबको रिपोर्ट आज आएको बताइएको छ ।
साउन ३० गते धरानमा २ जना संक्रमितको पुष्टि भएसंगै धरानमा सङ्क्रमितको सङ्ख्या ६४ पुगेको छ भने समुदायमा कोरोना संक्रमित हुनेहरूको सङ्ख्या २९ पुगेको छ । त्यस्तै विदेशबाट आएर क्वारेनटाइनमा बसेका कोरोना सङ्क्रमितहरूको सङ्ख्या ३५ पुगेको छ ।
https://www.youtube.com/watch?v=KkWSJjam9dQ&t=12s