
विराटनगर,
प्रदेश १ मा साउन ३० गते शुक्रबार (आज) १ सय ९५ जना कोरोना संक्रमित पुष्टि भएको छ । साउन ३० गते शुक्रबार आएको रिपोटमा १ सय ९५ जना कोरोना संक्रमितको पुष्टि भएको हो । संक्रमित भेटिएका जिल्ला र संख्या यस्ता छन् मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, रंगेलीमा ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीको दुहवीमा २ महिला र ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । सुनसरीकै देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला र ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश १ बाट साउन ३० गते शुक्रबार (आज) ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना डिस्चार्ज भएका छन् । झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना डिस्चार्ज भएका छन् । रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
https://www.youtube.com/watch?v=rEDUiGst0Rg&t=15s