समाचारस्वास्थ्य

देशभर चार सय ६८ जना कोरोना संक्रमित थपिए

काठमाण्डौं,

देशभर ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जोगेश्वर गौतमले जानकारी दिएका छन् । साउन ३१ गते शनिबार थपिएका ४ सय ६८ जना संग नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना पुगेको डा. गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्र.डा. गौतमका अनुसार हालसम्म १७ हजार २ सय १ जना डिस्चार्ज भएका छन् । १४ हजार ४ सय ४८ जना अझै क्यारेन्टाइनमा बसेका छन् भने ८ हजार १ सय ९३ जना आइसोलेसनमा भर्ना भएका छन् । नेपालमा कोरोना भाईरसबाट अहिले सम्म १ सय २ जनाले ज्यान गुमाई सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=KkWSJjam9dQ&t=3s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button