अर्थ खबरसमाचारहेडलार्इन

करोडौको लगानीमा निर्माण भएको खेल मैदान भासियो

धनकुटा,

निर्माण पक्षले ढलको राम्रो व्यवस्थापन गर्न नसक्दा धनकुटामा करोडौं खर्च गरेर निर्माण गरेको खेल मैदान भारी वर्षाका कारण भासिएको छ । धनकुटा नगरपालिका वडा नं.५ मा रहेको करिव ३० रोपनी क्षेत्रफलमा फैलिएको करोडौंको लगानीमा निर्माण भएको फुटबल खेल मैदान वर्षाका कारण भासिएको हो । खेलमैदानको माथि तिरबाट निर्माण भएको सडकमा राम्रोसंग ढल निर्माण नहुँदा वर्षाको पानी पसेर टुडिखेल भासिएर छतविक्षेत भएको छ । पूर्वी पहाडी जिल्लाको सुविधा सम्पन्न फुटवल खल्ने स्टेडियम निर्माण गर्न हालसम्म केन्द्र, प्रदेश र स्थानीय सरकारले करोडौं रुपयाँ लागनी गरी सकेका छन् । तर, निर्माणको क्रममा निर्माण कम्पनीहरुले जिम्मेवार भएर काम नगरेका कारण खेलमैदानमा गरेको करोडौंको लगानी बालुवामा पानी भने झै भएको स्थानीयहरु बताउँछन् ।

टुडिखेललाई स्तरीय र व्यवस्थित् वनाउन हरेक वर्ष केही न केही भौतिक पुर्वाधारको काम भैरहेको हुन्छ । यस हिसावले हेर्दा तिनै तहको सरकारले अहिलेसम्म करौडौंको लगानी गरेर निर्माण गरेको भए पनि भरपर्दो र दिगो निर्माण नहुँदा दुरदर्शा भोग्नु परेको खेलकुद विकास समिति धनकुटाका प्रमुख नविन प्रधानले जानकारी दिए । टुडिखेलको मञ्च अगाडीको भागमा लगाएको मेसिनरी वाल दविएर खेलकुद विकास समितिको कार्यालय र मञ्च रहेको भवन जोखिममा परेको प्रमुख प्रधानले सुनाए । मञ्च अगाडीको वाल सहितको जमिन दवेको कारण नयाँ भवन भित्रबाट पानी छिर्दा जोखिमको अवस्थामा सृजना भएको र अझै पानी आए भवनलाई खतरा हुने भएको छ । त्यसैगरी टुडिखेलमा निर्माण गरिएको फूटवलको स्टाचु पनि खेलमैदानको तल्लो भाग दविएको कारण जेसिवी मार्फत यन्यत्र हटाइएको छ ।

खेलमैदान निर्माणको लागी धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०७२ ÷०७३ मा ४५ लाख, आ.व.२०७३÷०७४ मा ४७ लाख, ६२ हजार, ४ सय ६८ रुपयाँ, त्यसैगरी आर्थिक वर्ष २०७४÷०७५ मा २६ लाख, ४६ हजार, १ सय ७ रुपयाँ, प्रदेश सरकारबाट आ.व.२०७५÷०७६ मा ५० लाख, र आर्थिक वर्ष २०७६÷०७७ मा ६० लाख बजेट विनियोजन गरेका थिए । यो तथ्याङ्ख हेर्दा खेल मैदानमा वषौ देखि करोडौ लगानी भएको देखिन्छ

यता खेल मैदानको पश्चिम पटी गोकुण्डे खोलाको साईडमा पहिरो गएको कारण खेलमैदान दविएको, प्यारापिट पुरै भासिएर लडेको, खेलमैदानको भित्तामा लगाइएको कम्पाउण्ड वाल पल्टिएर करोडौंको क्षति भएको जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष गोविन्द राईले वताए । आफुले धनकुटाको मात्रै नभएर पूर्वी पहाडको स्थापित र प्रतिस्ठित्

खेलमैदानको दुरदशाको वारेमा संघीय सांसद, प्रदेश सांसद, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरुमा जानकारी गराई सकेको अध्यक्ष राईले वताए । करिव २ देखी ३ हजार दर्शक आट्ने उक्त खेलमैदान १९ रोपनी क्षेत्रफलमा फैलिएको छ भने प्यारापिट, कम्पाउण्ड सहितको कुल क्षेत्रफल भने ३० रोपनीको हाराहारीमा रहेको छ ।
तत्काल खेलमैदानको भित्ता तर्फको कम्पाउण्ड, प्यारापिटमा क्षति कम गर्नको लागी कम्पाउण्ड देखी भित्तामा रहेको सडकको ढल व्यवस्थित् गर्न जरुरी रहेको स्थानीय हरीप्रसाद गुरागाँई बताउँछन् । कम्पाउण्ड वालको भित्तामा करिव ६० मिटर भन्दा वढी लामो कालपत्रे सडक १ मिटर भन्दा वढी भासिएको उनीको भनाई छ । भत्किएको सडकबाट पनि पानी पस्ने, सडकको नाली व्यवस्थित् नहुँदा ढलको पानी पनि खेलमैदन मै छिर्ने भएकाले दिनप्रतिदन जोखिम वढ्दै गएको गुरागाँईको भनाई छ । खेलमैदानको विच भागमा पनि जमिन भासिएको र त्यहीवाट पानी छिर्ने गरेको उनले सुनाए ।

सम्वन्धित् निकायले समयमै ध्यान नदिने हो भने खेल मैदानमा भएको करोडौ लगानी खेर जाने स्थानीयहरु बताउँछन् । सम्वन्धित् निकायले तत्काल क्षतिकम गर्ने तर्फ मर्मत सम्भार गर्न ध्यान दिनु पर्ने उनीहरुको माग छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button