समाचारसमाज

बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

धनकुटा,

बालिका वलात्कार गरेको आरोपमा २ जना पक्राऊ परेका छन् । धनकुटामा दुई बालिकालाई फरक फरक स्थानमा बलात्कार गरेको आरोपमा २ युवालाई प्रहरीले पक्राउ गरेको हो । बाख्रा चराउन गएकी बालिकामाथि गत शनिबार बलात्कार गर्ने स्थानीय दिलकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । पीडितको बुबाले दिएको उजुरीका आधारमा युवालाई पक्राउ गरिएको हो ।

त्यस्तै धनकुटा –१ मा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्का एक जना युवा पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय निकेश तामाङ रहेका छन् । घटना गएको २७ गते भएको हो । घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको पीडित बालिकाको बुबाले दिएको जाहेरीको आधारमा युवालाई पक्राऊ गरेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=cgvMEQ0rnTw

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button