समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा ७० जनामा कोरोना संक्रमण पुष्टि

[mashshare]

बिराटनगर,

प्रदेश १ मा भदौं ७ गते आईतबार (आज) फेरि ७० जनामा कोरोना संक्रमण पुष्टि भएक छ । पछिल्लो २४ घण्टामा थपिएका ७० जना मध्ये २७ महिला र ४३ पुरुष रहेका छन् । सबैभन्दा बढी मोरङमा ५० जना संक्रमित पुष्टि भएका छन् । यस्तै, झापामा १० जना, सुनसरीमा ९ जना र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङका संक्रमितमा विराटनगरका मात्र भदौं ७ गते (आज) ४२ जनामा संक्रमण पुष्टि भएका छन् । त्यस मध्ये १८ महिला र २४ पुरुष रहेका छन् । यस्तै, मोरङको बुढीगंगामा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष रहेका छन् । सुनसरीको इटहरीका १ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै धनुषाका १ पुरुषमा पनि संक्रमण देखा परेको बताईएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५९ पुगेको छ । प्रदेश १ मा भदौं ७ गते आईतबार (आज) २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button