समाचारसमाज

८ वर्षपछि पक्राउ परे अपहरण मुद्दाका फरार अभियुक्त

धरान,

अपहरण मुद्दाका फरार उभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त ८ वर्ष पछि पक्राउ परेका हुुन् । सुनसरीको साविक नरसिंह घर भएका अन्दाजी ४२ वर्षका बुदुर यादव कोशी कटान क्षेत्रबाट गयराती पक्राउ परेको हो । फरार रहँदै आएका यादव केही वर्ष यता परिवार सहित दाङ बस्दै आएको खुलेको छ । दाङबाट घर फर्किएको भन्ने सुचना प्रहरीले सोही जिल्लाको सुराकीबाट प्राप्त गरेको जनाएको छ ।

सुराकीको आधारमा उनको खोजीमा खटिएको आइपीएस अफिसर विष्णु बस्नेत नेतृत्वको टोलीले यादवलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख कमल थापाले अपहरण मुद्दामा फरार रहँदै आएका यादवलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा यादव विरुद्ध अदालतले ११ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो । सुनसरी जिल्ला अदालतले ९ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेकोमा पुनरावेदन परी त्यहाँबाट थप २ वर्ष सजाय थप भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button