कृषीसमाचारहेडलार्इन

धानमा नयाँ रोग देखापरेपछि सर्लाहीका किसान चिन्तित

सर्लाही

धानमा नयाँ रोग देखापरेपछि किसानहरु चिन्तित् भएका छन् । धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि सर्लाहीका किसान चिन्तित भएका हुन् । रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै धान सुक्न थालेपछि आफुहरु मर्कामा परेको किसानहरु बताउँछन् ।

पहिला बाढीपहिरोका कारण रोपाइँ भएको खेतमा पानीको चाप बढेर खेतमै धान सुकेपछि जिल्लाका किसानले दोस्रोपटक धान रोपेका थिए । बाढी र बर्सातले धान खेतमा गलेपछि धानको बीउको चरम अभावका कारण धानको बीउ नपाएर कतिपय किसानले दोस्रोपटक खेत रोपाइँसमेत गर्न पाएका थिएनन् भने पछिल्लो समयमा धान पहेँलो भएर सुक्न थालेपछि किसान थप चिन्तामा परेका छन् ।

धान रोपाइँको समयमा रासायनिक मल खादको चरम अभाव थियो । जसोतसो ऋण लिएर भए पनि धान रोपेका जिल्लाका किसान धानमा अचानक अज्ञात रोग देखा पर्न थालेपछि थप मारमा परेका हुन् । धान पहेँलो भएर खेतमै सुक्न थालेको गोडैता नगरपालिकाका किसान जोगी मुखियाले दुखेसो सुनाए ।

धान किराले खाने तथा पहेँलो भएर सुक्न थालेपछि रातको निद्रासमेत हराएको अर्का किसान रामएकवाल महतोले बताए । “हाम्रो परिवार नै कृषि पेशामा आश्रित छ । कृषि पेशा नै सङ्कटमा परेपछि परिवार कसरी चलाउने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ”, महतोले भने । केन्द्र तथा स्थानीय सरकारले किसानलाई बेवास्ता गरेका कारण आफूहरु मारमा परेको किसानको गुनासो छ ।

कृषि क्षेत्रलाई वैज्ञानिक पद्वतिमा परिणत गरी किसानलाई कृषि औजार, मलखाद, बीउबिजन, सिँचाइ तथा विभिन्न किसिमका कृषि प्याकेजमा राहत र अनुदानको व्यवस्था गर्न सके मात्र देशमा भएको व्यापक गरिबी, भोकमरी तथा बेरोजगारी कम गरी देशका नागरिकलाई समृद्ध र सक्षम बनाउन सकिन्छ ।

https://www.youtube.com/watch?v=pCK7LpKaA4c&t=1249s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button