
धरान,
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नर्सहरु अस्पताल भित्रै नाराबाजी गदै आन्दोलनमा निस्केका छन् । फ्रन्टलाईनमा रहेर काम गरिरहेका स्टाफ नर्सहरुको सुरक्षा व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको आरोप लगाउदै नर्सहरु आन्दोलित भएका हुन् ।
उपचारमा खटिदा विरामी संक्रमित भएको पुष्टि भएपछि नर्सहरुलाई क्वारेन्टिनमा राखिनुपर्ने, जोखिम भत्ता दिइनुपर्ने, मास्क र पञ्जासहित पुर्ण पिपिई उपलब्ध हुनुपर्ने, एक वर्ष यता वृद्धि भएको २० प्रतिशत तलब पाउनुपर्ने लगायत माग राखेर स्टाफ नर्सहरु आन्दोलनमा निस्केको हो ।
मेट्रोन र चारै पदाधिकारीहरुलाई माग पत्र बुझाउन जाने क्रममा अस्पताल प्रशासन प्रवेश गर्ने ढोकामा सेक्युरिटीले सबैलाई प्रवेश गर्न नदिएपछि केहीबेर विवाद भएको थियो । पछि विभिन्न विभागका प्रतिनिधिमुलक नर्सहरुलाई सेक्युरिटीले प्रवेश गर्न दिएका थिए । न
र्सका प्रतिनिधिहरु माग पत्र लिएर अस्पताल निर्देशकलाई भेट्न माथिल्लो तला चढेपछि बाहिर बाँकी रहेका नर्सहरुले नाराबाजी गरिरहेका थिए । उनीहरुले आफुहरु डिउटीमा रहँदा कोरोनाबाट सुरक्षाको लागि चाहिने पिपिई, मास्क, पञ्जा समाथ कोरोना विमाको व्यवस्था गर्नुपर्ने लगायत मागहरु १६ बुँदे ज्ञापन पत्र प्रतिष्ठानलाई बुझाएका छन् ।
नर्सहरुले प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीहरु सहित मेट्रोनको समेतलाई ज्ञापनपत्र बुझाएका हुन् । दुई दिन भित्र माग पुरा नभए सम्पुर्ण स्टाफ नर्स, हेल्पर समेत डिउटीमा नआउने चेतावनी दिएका छन् । भदौं १० गते (भोली बुधबार) समम आफुहरुको माग पुरा नगरे कालोपट्टी बाँधेर काममा आउने बताएका छन् । फ्रन्टलाईनमा काम गर्ने स्वाथ्यकर्मीहरु सुरक्षित भयो भने मात्र बिरामीहरु सुरक्षित हुने उनीहरुको भनाई छ ।
https://www.youtube.com/watch?v=cgvMEQ0rnTw&t=1665s