
धरान,
सुनसरीको धरान उपमहानगरपालिकामा फेरि १ साता सम्मका लागि लकडाउन थपिएको छ । भदौं १० गते बुधबार (आज) बसेको धरान उपमहानगरपालिका कार्यपालिकाकोे बैठकले कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै थप एक सातालाई लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्ने खतरा अझै रहेकाले भदौ १७ गते मध्यराती १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय भएको धरान नगर प्रमुख तिलक राईले जानकारी दिएका हुन् । मेयर राईका अनुसार धरान प्रवेश गर्नेहरुलाई थप कडाइ गरिने छ । लकडाउन अवधिमा खाद्यान्न तथा साँगसब्जी पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय बुधबार बसेको कार्यपालिका बैंठकले पारित गरेको नगर प्रमुख राईले बताए ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि धरान उपमहानगरपालिकाले धरानमा साउन २२ गतेदेखि किस्ताबन्दी रुपमा लकडाउन गर्दै आएको छ । कोरोना संक्रमणका कारण धरानमा हाल सम्म ३ जनाको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या १ सय २० जना पुगेको छ ।
https://www.youtube.com/watch?v=zlYuM_ZPaHQ