समाचारस्वास्थ्यहेडलार्इन

धरानको वीपी प्रतिष्ठानका स्टाफ सहित तीन जनामा कोरोना संक्रमण पुष्टि

[mashshare]

धरान,

वीपी प्रतिष्ठानका १ जना स्टाफ सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानकी १ जना हेल्थ एड र ७७ वर्षीय वृद्ध विरामीसहित ३ जनामा संक्रमण पुष्टि भएको हो । ३ जना मध्ये एक जना विरामी हुन् भने एक जना कन्ट्याक ट्रेसिङ गरिएका वीरगञ्जका व्यक्ति हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार सर्जरी वार्डको ३८ वर्षीया हेल्थ एडलाई संक्रमण पुष्टि भएको हो । यसअघि इर्मजेन्सीमा संक्रमण पुष्टि भएकी हेल्थ एडकै कन्ट्याक ट्रेसिङबाट उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको डा. सापकोटाले बताए ।

यस्तै, १ जना सर्जरीमा भर्ना भई उपचाररत विरामीमा पनि संक्रमण पुष्टि भएको छ । मोरङबाट पिसाब रोकिएर उपचार गर्न आएका ७७ वर्षीय वृद्धमा संक्रमण देखिएको हो । उनको स्वाब लिएर आकस्मिक शल्यक्रिया गरिएको र अहिले रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । सर्जरी वार्डमा रहेका उनलाई कोभिड अस्पताल पठाउने तयारी गरिएको डा. सापकोटाले सुनाए ।

यसैगरी, प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएका वीरगञ्ज निवासी एक ४७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी धरानमा नातेदारकोमा बस्दै आएका थिए । परविारका सदस्यलाई पोजेटिभ देखिए पछि क्वारेन्टिनमा बसेका थिए । स्वाब परीक्षणबाट उनको रिपोर्ट पनि पोजेटिभ आएको बताईएको छ । पछिल्लो २४ घण्टामा गरिएको स्वाब परीक्षणमा ४१ जनाको पिसिआर पोजेटिभ रिपोट आएको प्रतिष्ठानले जनाएको छ । ती मध्ये ३ जना मात्र प्रतिष्ठानको हेल्थ डेस्कमा स्वाब लिएकाहरु हुन् । प्रतिष्ठानमा विभिन्न स्थानका कुल १२ सय ५३ स्वाब परीक्षण भएको थियो । प्रतिष्ठान हेल्थ डेस्कमा ३ जनाको स्वाब लिएका हुन, भने बाँकी अरु स्वाब अन्य जिल्लाहरुबाट आएको डा.सापकोटाले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button