अर्थ खबरसमाचारहेडलार्इन

धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरी असोज १ गतेबाट संचालनमा ल्याउदै भिडियो सहित )

धरान,

निजी लगानीमा बंगुर बधशाला यहि असोज १ गते देखि संचालनमा ल्याईने भएको छ । धरान ६ पानबारीमा मासु व्यवसाय गर्दै आएका ४ जना युवा व्यावसायीले २ करोडको लागतमा धरान बंगुर बधशाला निर्माण गरी आउदो असोज १ गतेबाट संचालनमा ल्याउने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि पानवारीमा बधशाला निर्माण गरेको संचालकहरुको भनाई छ । उनीहरुले १ बिघा १२ कठ्ठा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायतका व्यवसाय संचालन गर्ने योजना रहेको बताएका छन् ।

प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन कुमार तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको हो । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र जेन्टल लावतीले बधशाला निर्माणमा लगानी गरेका छन् । कुल २ करोड रुपैयाको लगानीमा निर्माण पुरा गर्ने योजना भएतापनि हाल बधशालामा ६० लाख रुपैया लगानी भएको संयोजक तामाङले बताए । बधशालाको लागि प्रधानमन्त्री कृषि परियोजना अन्र्तगतको बंगुर जोनले १५ लाख रुपैया थप सहयोग गरेको छ । उनका अनुसार बधशाला निर्माणको काम ९० प्रतिशत सकिएको र अब १० प्रतिशत बाँकी रहेको छ । असोज १ गते देखि बधशाला पुर्ण रुपमा संचालन हुने संयोजक तामाङको भनाई छ ।

बधशाला निर्माणले धरानमा उत्पादन हुने बंगुरको मासुलाई अन्य क्षेत्रमा पनि परिचित गराउँदै स्वस्थ्य र स्वच्छ बंगुरको मासु बिक्रि वितरणमा महत्वपुर्ण भुमिका रहने संचालकहरु बताउँछन् । दैनिक बिहानको समयमा ४० देखि ५० वटा सम्म बंगुर प्रशोधन गर्ने क्षमता बधशालामा रहेको उनीहरुको दाबी छ । ‘बजारको मागले क्षमता निर्धारण गर्छ, जसरी बजारमा खपत बढ्दै जान्छ, क्षमता पनि बढाउदै जाने छौं ।’ राज्यले तोकेको मापदण्ड अनुसार बधशाला संचालन हुनेछ’ संचालक सदस्य जेन्टल लावतीले भने । ‘बजारमा जथाभावि बंगुरको बध गर्दा उपभोक्ताहरुले स्वास्थ्य मासु खान नपाइरहेको अवश्थालाई हामीले मध्यनजर गदै स्वस्थ्य मासु प्रशोधनका लागि बधशाला निर्माण गरेका हौं, यसले उपभोक्तालाई फाईदा पुग्ने विश्वास लिएका छौं’ उनले भने ।

धराने कालो बंगुरलाई प्रमोशन गदै शुद्ध बंगुरको मासु प्रशोधन गरेर अन्तराष्ट्रिय स्तरमा मासु निर्यात गर्ने तयारीमा रहेको अर्का व्यवसायी सदस्य बायसिङ्ग राईले बताए । धराने कालो बंगुरको मासुलाई प्याकेजिङ गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार सम्म बिक्री गर्ने योजनाका साथ बधशाला स्थापना गरेको राईले सुनाए ।

https://www.youtube.com/watch?v=6rBpqawzefw&t=5s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button