
धरान,
सुनसरीमा नेपाल प्रहरी र नेपाली सेना सहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं १२ गते शुक्रबार (आज) १६ जना नेपाल प्रहरी, २ नेपाली सेना सहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका कोरोना संक्रमितमा १३ जना जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताए । थप अरू ३ जना प्रहरी गरी १६ जना प्रहरीमा आज कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् । यसैगरी १ जना इनरुवा नगरपालिकाका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित १६ प्रहरी मध्ये ११ जना पुरुष र ५ जना महिला रहेको बताइएको छ ।
शुक्रबार पुष्टि भएका संक्रमितमा धरान उपमहानगरपालिकामा २ जना नेपाली सेना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १ जना स्टाफ नर्स, १ जना प्रतिष्ठानका कर्मचारीको छोरी र अन्य थप ३ जना महिला, २ जना पुरुष गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा २ पुरुष २ महिला सहित ४ जना, कोशी गाउँपालिकामा ३ जना पुरुष, इटहरी उपमहानगरपालिकामा ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका संक्रमितको संख्या संग सुनसरीमा कोरोना संक्रमितका संख्या ५ सय ७७ पुगेको छ भने २ सय ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म सुनसरीमा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
https://www.youtube.com/watch?v=6rBpqawzefw&t=298s
https://www.youtube.com/watch?v=KkWSJjam9dQ