
धरान,
सुनसरीको धरानमा ३ जना नेपाली सेना सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं १३ गते शनिबार आएको रिपोटमा धरानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १ जना समुदायका २ जना बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान कर्मचारीका आफन्त र ३ जना एन्फा क्वारेन्टाइनमा खटिएका नेपाली सेना रहेका छन् ।
पछिल्लो समय गरिएको संक्रमितहरूको कन्ट्याक ट्रेसिङका आधारमा आज धरान १७ कि १ जना ३९ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको छ । यस्तै एन्फा क्वारेन्टिनमा सुरक्षार्थ खटिएका २६ बर्ष, २५ बर्ष र २७ बर्षका नेपाली सेनामा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
बीपी प्रतिष्ठानको हेल्थ एडका २ जना आफन्तमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमितहरूमा १ जना मेडिसिन युनिट ३ मा कार्यत हेल्ड एडकी १० वर्षीया भाञ्जि र प्रतिष्ठानको टि.बि.ल्याबमा काम गर्ने हेल्थ एडकै १७ वर्षीय छोरामा संक्रमण देखिएको प्रमुख मेहताको भनाई छ । उनिहरु प्रतिष्ठान भित्रकै आवासमा बस्ने गरेको र कन्ट्याक ट्रेसिङकै आधारमा उनिहरुको स्वाब परिक्षण गर्दा संक्रमण देखिएको मेहताले जानकारी दिएका छन् । आज पुष्टि भएको सहित धरान उपमहानगरपालिकामा संक्रमितको संख्या १ सय ४० पुगेको छ ।
https://www.youtube.com/watch?v=cgvMEQ0rnTw&t=6s