
काठमाण्डौं,
देशभर ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८४ कोरोना संक्रमित थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २ सय ४२ महिला र ६ सय ४२ पुरुषमा संक्रमण पुष्टि भएको छ । भदौं १३ गते शनिबार (आज) थपिएका संक्रमितको संख्या सहित नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । उनीहरुमध्ये २० हजार ५ सय ५५ जना डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सो मध्ये ३ जना महिला र ९ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया, काठमाण्डौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया महिला छन् । यसैगरी, पर्सामा ४८ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ भने सिरहामा ८४ वर्षीय, गोर्खामा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, काठमाण्डौमा ८३ वर्षीय, भक्तपुरमा ८२ वर्षीय, ललितपुरमा ७२ र ६१ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जनाएको छ । आज आएको संख्या सहित नेपालमा कोरोना भारइसबाट मृत्यु हुनेको संख्या २ सय ७ जना पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
https://www.youtube.com/watch?v=cgvMEQ0rnTw