समाचारस्वास्थ्य

प्रदेश १ मा एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर,

प्रदेश १ मा १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं १७ गते बुधबार (आज) १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरु सुनसरीमा ७१ जना, मोरङमा ४७ जना, झापामा ११ जना, भोजपुरमा ३ जना, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । धरानमा ७, बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै मोरङको विराटनगरमा २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ वाहिरका २ महिला २ पुरुषमा कोरोना पुष्टि भएको विकास मन्त्रालयले जनाएको छ । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ९१ पुगेको छ । प्रदेश १ मा भदौं १७ गते बुधबार (आज) ८४ जना डिस्चार्ज भएका छन् । यो संग प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ८७ पुगेको छ । भदौं १७ गते बुधबार प्रदेश १ मा १ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र १ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=scM0aUc_iNU

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button