समाचारस्वास्थ्यहेडलार्इन

फेरि धरानमा ७१ जना सहित प्रदेश १ मा एक सय ४३ जनामा कोरोना पुष्टि,

विराटनगर,

प्रदेश १ मा पछिल्लो २४ घण्टामा फेरि १ सय ४३ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । पुष्टि भएका संक्रमितहरु मध्ये सुनसरीमा ७८ जना छन् भने मोरङमा २९ जना छन । झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । ती मध्ये १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । धरानमा हिजो साँझ एकैपटक ६२ जना फुस्रेस्थित आर्मी क्याम्पमा संक्रमण देखिएको थियो ।

यस्तै, इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला र १६ पुरुष रहेका छन् । यस्तै, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला र २ पुरुष, कमल गाउँपालिकामा ३ महिला र ७ पुरुष, मेचीनगरमा २ महिला र ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तैगरी, संखुवासभाको खाँदबारीमा ३ , चैनपुरमा २ र चिचिलामा १ पुरुष रहेका छन् । उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रदेश १ मा भदौं २१ गते आईतबार (आज) ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ४३ पुगेको छ । प्रदेश १ मा आज १ हजार २ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१ महिला र १ सय १२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=d878ONBNCrA&t=526s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button