समाचारस्थानीयहेडलार्इन

सखुवाको रुख कटान प्रकरण अघि नबढाएको भन्दै राष्ट्रिय युवा संघद्वारा सव डिभिजन वन कार्यालयलाई ज्ञापन (भिडियो सहित)

धरान,

सखुवाको रुख कटान छानविनमा सव डिभिजना वन कार्यालयले दोषीलाई कारबाही गर्न आनाकानी गरेको भन्दै राष्ट्रिय युवा संघद्धारा सव डिभिजन वन कार्यालर्यालाई ज्ञापन पत्र बुझाएको छ । गत भदौं १३ गते धरान –२० स्थित भालढुङ्गा सामुदायिक वन क्षेत्रमा अवैधरुपमा सखुवाको रुख काटिएको थियो । धरानको मेयरले सो सखुवाको रुख कटान गरेको भन्ने आरोप लागेको छ । किटानी सहित भालढुङ्गा सामुदायिक वनका अध्यक्ष बुद्धिमान तामाङले उजुरी दिदा समेत सव डिभिजन वन कार्यालयले दोषीलाई कारबाही नगरेको भन्दै धरानका युवा संघ नेपालले मंगलबार धरान –८ स्थित वन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को भातृसंगठन संघको धरान उपमहानगर समितिले ९ दिन वितिसक्दा पनि सखुवाको रुख कटान गर्ने दोषीलाई सव डिभिजन वन कार्यालयले कारबाहीको दायरामा नल्याएको भन्दै युवाहरु कार्यालय घेराऊ गर्न पुगेका थिए । भिडिजन कार्यालय पुगेको युवाहरुले ‘तस्करी मेयर राजीनामा गर,तस्करी मेयर चाहिन्दैन,शक्तिको आडमा उन्मुक्ति दिने प्रशासन होसियार’ लगायतका नाराबाजी गरेका थिए । सोही समूहले कारबाहीको माग गदै धरान १३ स्थित प्रदेश १ वन निर्देशनालय कार्यालयमा पनि ज्ञापन पत्र बुझाएका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशन र संलग्नतामा रुख कटान गरिएको प्रमाण बाहिर आएपनि सम्बन्धीत वन कार्यालयले कारबाही प्रक्रिया अगाडी बढाउन आनाकानी गरेको संघले गम्भिर आरोप लगाएको छ ।

‘धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशन र सलग्नता समेत रही १७६ किवि सखुवाको काठ काटी वन पैदावार हानी नोक्सानी गरेको सम्बनधमा भालढुङ्गा वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामाङले मेयर तिलक राईले काटेको भनी किटानी जाहेरी दिएको र उपभोक्ता समुहको निर्णयमा समेत मेयर राईको निर्देशन र संलग्नतामा ?ख कटान गरेको राय समेत आइसकेको अवस्थामा समेत इलाका सब डिभिजन वन कार्यालयलले कुनै कानुनी कारबाही अगाडी नबढाएको र अग्रसरता नदेखाएमा सव डिभिजन वन कार्यालयको समेत संलग्नता रहनेतर्फ हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ संघले वन कार्यालयमा बुझाएको विज्ञप्तीमा भनिएको छ । उक्त घटनामा दोषि ठहरिएकालाई कानुनी कठगरामा ल्याई कारबाही गर्न संघका धरान नगर अध्यक्ष धिरेन लिम्बुले माग गरे ।

‘सखुवा ?ख काटेको सबै प्रमाण प्राप्त भएर पनि सव डिभिजन बन कार्यालयले किन कारबाही प्रक्रिया अगाडी नबढाएको ? घटनाको चाडो छानविन गरी दोषिलाई कारबाही गर्न हामी माग गर्दछौं’ संघका नगर अध्यक्ष लिम्बुले भने ‘आज हामी ज्ञापन पत्र बुझाउदैछौं यदी कारबाही प्रक्रिया अगाडी नबढाए जस्तोसुकै आन्दोलन गर्न आफुह? तयार छौं ।’ यता डिभिजन वन कार्यालय सुनसरीले सोमबार सव डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्र प्रसाद यादवलाई घटनाको अनुसन्धानको लागि जिम्मेवारी दिएको छ । ज्ञापन पत्र बुझ्दै यादवले आफुलाई अनुसन्धानको जिम्मा समेत दिइएको र दोषि उपर चाडो छानविन गरी घटनाका दोषिलाई कारबाही गरी छाड्ने प्रतिबद्धता जनाए ।

‘मैले भर्खर पत्र प्राप्त गरेको छु अब म भोली देखी नै छानविन अगाडी बढाउछु’ कार्यालय प्रमुख यादवले भने ‘घटनामा संलग्न जो सुकै भएपनि कारबाहीको दायरामा ल्याइ छाड्छु यसमा कसैले संङ्का गर्नुपदैन ।’ वन समितिको स्विकृतिविना भदौ १३ गते भालढुङ्गा वन क्षेत्रमा गएर २ वटा मेसिनरी आराको प्रयोग गरी वन समितिका कोषाध्यक्ष भिम बस्नेतको उपस्थितीमा सखुवाको रुख कटान गरेको मेयर राईमाथी आरोप लागेको छ । तर मेयर राईले भने उक्त आरोप अस्विकार गदै आएपनी घटनासंग सम्बन्धीत उनको अडियो रेकर्ड बाहिरिएपछि आलोचित बन्दै आएका छन् । मेयर राईले घटनाको छानविन भइरहेको भन्दै मिडियामा कुनै प्रतिक्रिया दिन मान्दैनन् । वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङबाहेक अन्य पदाधिकारी भने मेयर बचाउ अभियानमा लागेको जानकारहरु बताउँछन् । अध्यक्ष तामाङले भने मेयर राईले नै सखुवाको रुख काट्न निर्देशन दिएको दाबी गदै किटानी जाहेरी दिएका छन् ।

https://www.youtube.com/watch?v=00-PwhFr3hw&t=680s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button