खेलकुदसमाचारस्थानीय

धरानमा ‘पाँचौं संस्करणको बास्केटबल ट्यालेन्ट हण्ट’ सम्पन्न

धरान,

धरानमा ३ हप्तासम्म सञ्चालन भएको ‘पाचौं संस्करणको बास्केटबल ट्यालेन्ट हण्ट’ भदौं २६ गते शुक्रबार (आज) सम्पन्न भएको छ । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको बास्केटबल ट्यालेन्ट हण्ट आज डिपोट मावि परिषरमा एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । गत साउन १ गतेदेखी धरान १६ स्थित इन्डोर बास्केटबल कोर्टमा उक्त ट्यालेन्ट हण्ट सञ्चालन भएको थियो । ट्यालेन्ट हण्टमा धरानका निजी तथा सामुदायिक विद्यालयका २४ जना सहभागी भएको संघ सचिब एबंम प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकास चाम्लिङले बताए ।

????????????????????????????????????

कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर तिलक राईले खेलकुद स्वास्थ्यको लागि अपरिहार्य रहेको बताए । एन्फा प्रदेश १ का सचिव नविन राईले धरानलाई खेलकुदको शहर भनेर चिनाउन बास्केटबलको महत्वपूर्ण भुमिका रहेको बताए । उनले धरानमा बास्केटबल र फुटबल जस्तै अन्य खेलहरुको समेत गतिविधि हुन जरुरी रहेको धारणा राखे । प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकाश चाम्लिङ्गको नेतृत्वमा राष्ट्रि«य महिला बास्केटबल टोलीले सम्पन्न १३ औँ सागमा पदक हात पारेको थियो । धरान बास्केटवल संघका अध्यक्ष तथा नेपाल बास्केटबल संघ केन्द्रिय उपाध्यक्षसुरज लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धरान उप महानगरपालिकाका युवा तथा शिक्षा महाशाखाका प्रमुख रमेश शाह, डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राई, बास्केटवल संघ सुनसरीका सचिव गौरवमान श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

२ दर्जन विद्यार्थीहरुलाई छात्रावृतिका लागि सिफारिस

धरान बास्केटबल संघले दुई दर्जन बढी विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि सिफारिस गरेको छ । बास्केटबल ट्यालेन्ट हण्टमा सहभागी दुई दर्जन बढी विद्यार्थीहरुलाई धरानको डिपोट मावि र एम्स कलेजमा छात्रबृतिका लागि सिफारिस गरिएको हो । ट्यालेन्ट हण्टमा सहभागी उत्कृष्ठ विद्यार्थीह?लाई छात्रबृतिको लागि सिफारिस गरिएको संघका सचिब एबंम प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकास चाम्लिङले बताए । ‘अहिले हामीले ट्यालेन्ट हण्टमा सहभागीहरुलाई उत्कृष्ठ छनौट गरी डिपोट र एम्समा छात्रबृत्तिका लागि सिफारिस गरेका छौं’ प्रशिक्षक राईले भने ‘चाडै हामी खेलाडी र अभिावक समेतको उपस्थितीमा सम्झौता गर्ने छौ ।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button