
धरान,
सुुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरूवाकी ४९ वर्षीया एक महिला र झापास्थित मेचीनगर नगरपालिकाकी ७२ वर्षीया महिलाका छन् ।
उनीहरूमध्ये मेचीनगर नगरपालिका ४ की वृद्ध महिलाको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार झापाको कनकाइ अस्पतालबाट रेफर गरिएका ती महिलामा श्वासप्रश्वासको समस्याका साथै छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण रहेको थियो । हिजो नै कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको कोभिड अस्पतामा भर्ना गरिएको सापकोटाले बताए ।
त्यस्तै, अर्की महिलालाइ भदौ ३० गते प्रतिष्ठानको कोभिड अस्पतामा भर्ना गरिएको थियो । उनमा असोज १ गते कोरोना संक्रमण पुष्टि भएको सापकोटाले जानकारी दिए । संक्रमित महिलाको आज बिहान २ बजे उपचारको क्रममा मृत्यु भएको डा.सापकोटाको भनाई छ । उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भइ डाइलासिस हुँदै आएको मृतक महिला मेडिसिन वार्डमा उपचारत थिइन् । पिसीआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाइ कोभिड अस्पतालमा भर्ना गरिएको डा सापकोटाले बताए ।
https://www.youtube.com/watch?v=fZRdMFRmvEc