अर्थ खबरहेडलार्इन

धरानका युवाहरुले ५ करोड लगानीमा खोले टाइसन रियलस्टेट

धरान,
घरजग्गाको कारोबार गर्न धरानका युवाहरुले टाइसन रियलस्टेट नामको कम्पनी खोलेका छन् । धरानमा रियलस्टेट कम्पनी खुलेको यो पहिलो हो । सो कम्पनीको आज एक कार्यक्रम बीच उद्घाटन भएको छ । धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले रिबन काटेर कम्पनीको उद्घाटन गरेकी थिइन् । उपप्रमुख भण्डारीले धरानमा रियल स्टेटको कामहरु पहिलेदेखि नै भइरहे पनि अब संस्थागत रुपमा शुरुवात भएको भन्दै शुभकामना व्यक्त गरिन् । व्यक्तिगतरुपमा हुने कारोबार भन्दा संस्थागतरुपमा गर्दा व्यवस्थित र सुरक्षित हुने उपप्रमुख भण्डारीले बताइन् ।


यस कम्पनीले मुख्य रुपमा घरजग्गा खरिद बिक्रीको कारोबार गर्ने कम्पनीका सञ्चालकहरुले जानकारी दिएका छन् । यसको साथै कम्पनीले एजेन्टहरुलाई पनि रोजगार प्रदान गर्ने कम्पनीका अध्यक्ष सोनाहाङ्ग राईले बताए । उनका अनुसार कम्पनी १२ जना युवाहरु मिलेर स्थापना गरेका हुन् । कम्पनीमा ५ करोड लगानी रहेको छ । तत्काल ५ जना कर्मचारीहरु राखिएको छ भने १७ जना एजेन्ट नियुक्त भइसकेको अध्यक्ष राईले जानकारी दिए । ुकम्प्नीमा ७० जनाले आवेदन दिनुभएको छ, हामी सय जना जति फिल्ड एजेन्ट राख्छौं,ुअध्यक्ष राईले भने,ुअहिले हामी धरान र इटहरी आसपासको क्षेत्रमा काम गछौं ।


नेपाल जस्तो देशमा रियलस्टेट कम्पनीको निकै महत्व रहेको बताउदै अध्यक्ष राईले क्रेता र बिक्रेतालाई भेट गराई राम्रो सम्झौता गराउने जिम्मा कम्पनीको रहेको धारणा राखे । ुक्रेता र बिक्रेताबीचको प्रत्यक्ष भेट नहुदा धेरै खालको समस्या हुन्छ । यसले बिक्रेता र क्रेतालाई मार पर्ने गरेको छ,ुउनले भने,ुयस्ता सबै प्रकारका समस्याहरूलाई न्यूनिकरण गर्दै हामी व्यावस्थित तरीकाले काम गछैं । कोही व्यक्तिले घर जग्गा खरीद गर्न रकम नपुगेको भएमा कम्पनीको माध्यमबाट बैंकमा ऋणसम्म लिन सक्ने सुविधा रहेको पनि उनले बताए ।


यस कम्पनीले नायिका रेखा फागोलाई कम्पनीको ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । कार्यक्रममा बोल्दै नायिका फागोले सबै एकजुट भई काम गरेमा धेरैले रोजगार पाउने र कम्पनीलाई सफल बनाउन सहज हुने बताइन् । कार्यक्रममा नेकपा धरान नगर इञ्चार्ज अइन्द्र बिक्रम बेघा, कम्पनीमा आबद्ध एजेन्ट, कम्पनीको सञ्चालक सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button