
काठमाण्डौं,
बहुमुल्य वन्यजन्तु सालकको सपेटा सहित २ जना पक्राउ परेका छन् । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपेटासहित २ जनालाई काठमाडौं मैतीदेवीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका –२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नम्बरको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार उनीहरु पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिल्लाका २७ वर्षीय नवराज मिजारलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले नवराज मिजारले बोकेको कालो झोलामा रहेको ४।४५ ग्राम खपटासमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।