
काठमाण्डौं,
अभिनेत्री श्वेता खड्का यहि मंसिर २२ गते विवाह बन्धनमा बाँधिने भएकी छिन । खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । खड्काले आफ्नो बिबाहको निमन्त्राण कार्ड आफ्नो आफ्न्त र साथीभाइलाई बाँडेपछि उनको बिहेको हल्ला बाहिरिएको हो ।
स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने भनिएको छ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । अभिनेत्री स्वेता खड्का फिल्म ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।
स्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह बनधनमा बाँधिएकी थिइन । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको भारतमा उपचारका क्रममा निधन भएपछि स्वेता एक्लै बस्दै आएकी थिइन । व्यवसायमा आवद्ध रहदै आएकी स्वेताले फिल्म ‘कान्छी’ निर्माण गरेकी थिईन् ।