
एजेन्सी
रुसमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले हिजो बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा २८ हजार १ सय ४५ जना कोरोना भाइरसबाट सङ्क्रमित थपिएका हुन्। यसअघि अघिल्लो दिन एकैदिनमा २५ हजार ३ सय ४५ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल संख्या २३ लाख ७५ हजार ५ सय ४६ पुगेको छ ।
यसअघि गत नोभेम्बर २७ तारिखमा एकैदिन २७ हजार ५ सय ४३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको संख्या २८ हजार १ सय ४५ थपिएको छ,ु सरकारी अधिकारीहरूले भनेका छन्। थपिएका सङ्क्रमितहरू मध्ये सात हजार ७ सय ५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै थपिएको पनि अधिकारीहरूले जनाएका छन्। ।
यस अवधिमा रुसमा थप ५ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन यो भन्दा धेरै ५ सय ८९ जनाको मृत्यु भएको थियो । कोरोना भाइरस विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ । १ लाखभन्दा बढी नागरिकले कोभिड १९ को खोप लगाए रुसमा १ लाख भन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो। गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो। यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिएका हुन्।
साथै उनले रुसले यहाँका नागरिकलाई सो खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ । गएको महिना मात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । रुसका पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरूको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार यहाँ २३ लाख भन्दा बढी नागरिक कोरोना संक्रमित रहेका बताईएको छ