
काठमाण्डौं
आज अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिदैछिन्।् । धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा थिए । उनीहरूको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह गदैछन् ।
विवाहको पूर्वसन्ध्यामा उनले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी छन्। । कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी श्वेताको यो दोश्रो विवाह हो । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।