
धरान,
आफुनो जन्मदिनको अवसरमा धरानका सन्त तेम्बेले अल्फानिज होमका असहाय बालबालिकालाई नगद सहयोग गरेका छन् । धरान –१९ का समाज सेवी तेम्बेले होटलमा साथीभाई र आफ्न्तलाई पाटी दिने खर्च कटौती गरेर धरान –१३ शिवधारामा अविस्त अल्फानिज होम केयर सेन्टरका बालबालिकालाई नगद १० हजार प्रदान गरेका हुन् । ‘कोही होटलमा पार्टी दिएर जन्मदिन मनाउँछन् भने कोही घरमै पनि पार्टी दिएर जन्मदिन मनाउँछन् , तर मैले त्यसो गर्नु भन्दा बाबुआमाले छाडेका, बाबुआमा नभएका, वेवारिसेपछि संरक्षण गरिएका केयर सेन्टरमा आश्रित बालबालिकालाई सहयोग पुगोस भन्ने मनसायले यो सालको जन्मदिन अल्फानिज होममा केक काटेर बालबालिकासंग मनाको हुँ ’उनले भने ।
तेम्बेले भने साथीभाई खुवाउने पैसा यस्ता असहाय बालबालिकालाई दिएर सहयोग गर्ने हो भने समाजमा रहेका बाबुआमाले छाडेका, बाबुआमा नभएका, वेवारिसे बनेका बालाबालिकालाई सहयोग पुग्ने बताए । फजुल खर्च नगरौं, असहाय बालबालिकालाई सहयोग गरौं भन्ने भावना राखेर आफ्नो जन्मदिनको अवसरमा असहाय बालबालिकालाई नगद सहयोग गरेको कोशीपोष्ट डटकमसंग कुरा गदै उनले भने ।
तेम्बे नेकपा धरानका सदस्य समेत रहेका छन् । उनले केक पनि बालिबालिकालाई नै काटेर खुवाए । नेकपा धरानका इन्चार्ज अइन्द्रविक्रम बेघा, नेकपाकी सविना बेघा खनाल लगायतको उपस्थितिमा तेम्बेले रकम प्रदान गरेका थिए । जन्मदिनको शुभकामना दिदै धरान इन्चार्ज बेघाले सामाजिक कार्यमा लाग्नु खुशीको कुरा भएको बताउँदै धरान नेकपा सदस्या तेम्बेलाई जन्मदिनको शुभकामना दिए । ‘ जन्मदिनको अवसरमा साथीभाईलाई खुवाउने पैसा यस्ता असहाय, दिनदुःखीको सहयोग गरे उनीहरुको उद्दार हुन्छ ’ बेघाले भने । रक्सी र बियरको चुस्कीमा जन्मदिन मनाउनुभन्दा तेम्बेले जस्तो समाजमा रहेका असहाय बालबालिकालाई सहयोग गरे जन्मदिन कार्यक्रम फलदायी हुने उनको भनाई थियो ।