अर्थ खबरसमाचारहेडलार्इन

कोरोना भाईरसका कारण बन्दा भएको चिडियाखान आजबाट खुल्यो

काठमाण्डौं,

कोराना भाईरसका कारण बन्द भएको चिडियाखान आजबाट खुलेको छ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई आजबाट खुल्ला गरिएको हो । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । चिडियाखाना खुुल्ला भएसँगै अवलोकनकर्ताले पहिले जस्तो स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको जानकारी दिए । सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एक पटकमा ८ सय जना मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउने जस्ता नियाम चिडियाखाना व्यवस्थापन समितिले राखेको छ ।

भित्र जानेको संख्या जस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ । यस अघिझै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एक पटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ । हाल चिडियाखानामा १ सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेको छ । त्यहाँका मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् ।

ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकनका गर्न विदेशीका लागि रु ७ सय ५०, सार्क देशका लागि रु ५ सय, नेपालीलाई रु १ सय ५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० रुपैय शुल्क निर्धारण गरिइएको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल््कबाट नै वार्षिक रु १५ देखि रु १६ करोडसम्मको कारोवार हुने गरेको छ । प्रवेशका लागि पहिलेजस्तो टिकट लिन लाइन बस्न नपर्ने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा ईसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए । विसं २०११ बाट सर्वसाधरणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button