समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा ६७ कोरोना संक्रमित थपिए, ५९ जना डिस्चार्ज भएर घर फर्के

विराटनगर,


प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङगमा ३१, झापामा १८, सुनसरीमा ५, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामाईमा १ जना छन् । झापाको विर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमलगाउँपालिकामा १–१ जना छन् ।


यस्तै, सुनसरीको इटहरीमा २, इनरुवा, रामधुनी र बर्जुमा १–१, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, संखुवासभाको खाँदबारी र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ८ सय ७९ पुगेको छ ।


प्रदेश १ मा आज ५९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । प्रदेश १ मा आज ४ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button