
धरान,
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा धरानमा वृहत कार्यक्रम हुने भएको छ । कांग्रेस विभागले शनिबार धरानमा बृहत कार्यक्रम गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा धरानबाट प्रतिनिधित्व गर्दै स्वर्ण तथा रजत पदक जित्ने खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने भएको हो ।
त्यसैगरी धरानमा रही विभिन्न क्षेत्रमा योगदान पु¥याउने संघ, संस्था तथा व्यक्तिहरुलाई समेत सम्मान गर्ने बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । शनिबार विहान ७ बजेदेखि रक्तदान गर्दै कार्यक्रम शुरु हुने कार्यक्रमका संयोजक तथा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सदस्य किशोर राईले जानकारी दिए । कोभिड–१९ कोरोना भाइरसका कारण विगत ९ महिना देखि खेलकुदको गतिविधि शुन्य भएको बताउदै राईले चिन्ता समेत व्यक्त गरेका थिए ।
सदस्य राईका अनुसार धरानमा हुने बृहत कार्यक्रममा खेलाडी तथा प्रशिक्षक साथै धरानमा रहेर समाज सेवामा योगदान पु¥याउने संस्थाहरु धरान जेसिज, रेडक्रस, होप धरान, लाइन्स क्बल त्यस्तै धरान सफा गर्ने कुचिकार, कोभिडको समयमा अहोरात्र खट्ने नर्स, महिला अधिकारकर्मी लगायतलाई सम्मान गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमख मोहनबहादुर बस्नेत आउने आयोजकले जानकारी दिएको छ ।