खेलकुदसमाचारहेडलार्इन

घाइते बस्केटवल खेलाडीलाई उपचारका लागि २ लाख सहयोग जुट्यो,

[mashshare]

धरान,

च्यारिटी खेलबाट घाइते बस्केटवल खेलाडीलाई उपचारका लागि २ लाख सहयोग जुटेको छ । खेल अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङलाई उपचारको लागि २ लाख रुपैया सहयोग जुटेको हो । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको संयोजनमा आयोजित च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेलको माध्यमबाट २ लाख नगद संकलन भएको छ । उक्त सहयोग रकम संघले आज आयोजित मैत्रीपुर्ण च्यारिटी खेलको क्रममा घाइते खेलाडी गुरुङलाई हस्तान्तरण गरेको हो । संघको संयोजनमा संकलन भएको १ लाख २७ हजार ५ सय ९० रुपैया नगद केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला अध्यक्ष नारायण सुवेदीलगायतले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं १८ का अध्यक्ष प्रविण राईले १५ हजार, एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष एव्ं प्रदेश १ अध्यक्ष किसोर राईले १० हजार, नेपाल बास्केटवल लिगबाट १० हजार, झापा बास्केटवल संघबाट ५ हजार, हिमालयन मेघा कलेजबाट ५ हजार, होप धरानले संकलित २७ हजार ४ सय १० रुपैयाको डमी चेक पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको छ ।

संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले खेलाडीहरु घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनको लागि च्यारिटी खेल आयोजना गरिएको बताए । उनले भने,‘खेलाडी भाईको सम्मानको लागि र राज्यका निकायहरुलाई जिम्मेवारी बोध गराउनको लागि च्यारिटी खेल आयोजना गरिएको हो ।’ अध्यक्ष लामाले फेरि पनि यसरी नै च्यारिटी खेल आयोजना गर्न नपारोस् भनेर खेलाडीहरुको लागि संघले छुट्टै कोष स्थापना योजना रहेको पनि बताए । उनले खेलाडीहरुको भविष्यकोलागि अन्य क्लबहरुले पनि कोष बनाउन आग्रह गरे ।

सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका २८ वर्षीय गुरुङ प्रदेश न. १ को महत्वपुर्ण खेलाडी हुन् । उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट (ए.सि.एल.) पुर्णरुपमा च्यातिएको छ भने मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको छ । वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका खेलाडी गुरुङको मेजर सर्जरी गरेर लिगामेन्ट प्रत्यारोपण गर्नुपर्ने भएको छ । त्यसको लागि कम्तीमा ३ लाख खर्च हुने बताइएको छ ।

घाइते खेलाडी गुरुङको सहयोगार्थ मैत्रीपुर्ण च्यारिटी खेलमा धरान बास्केटवल टिम विजयी भएको छ । झापा बास्केटवल टिमलाई ७५–२९ को फराकिलो स्कोरमा धरानले हराएको हो । धरानका खेलाडी सुजन खालिङले व्यक्तिगत १६ प्वाइन्ट स्कोर गरेका थिए भने झापाका सर्वद्ध राईले १४ प्वाइन्ट स्कोर गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button