राजनीतिसमाचार

धनकुटामा नेकपा र राप्राको कार्यकर्ता कांग्रेसमा प्रदेश


धनकुटा,

धनकुटामा नेकपा र राप्रपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाको किल्ला रहेको धनकुटाको सहिदभूमी गाउपालिका क्षेत्रमा शुक्रबार देखि कार्यकर्ताहरु कांग्रेसको पक्षमा आउन थालेका हुन् । राप्रपा र नेकपा बाहेक अन्य विभिन्न पाटीका कार्यकर्ताहरु पाटी परित्याग गरी १ सय १३ जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।


कांग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई कांग्रेसका सह महामन्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,प्रवेश नम्वर १ का सासद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई,उपसभापति नविन किशोर शाक्य ,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,यूवा नेता कमट फागु,क्षेत्रिय सभापति जितेन्द्र राइ सहिदभूमी गाउपालिकाका सभापति तिर्थ राई लगायतका नेताहरुले टिका अविर माला लगाई स्वागत गरेका थिए । सै अवसरमा सहिदभूमी गाउपालिका वडा नं. ६ का ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको पार्टी सचिव रुद्र राईले बताए ।


पाटी प्रवेश कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सह महामन्त्री सुनिल वहादुर थापाले प्रतिनिधि सभा विघटनसंर्गैै मुलुकमा सवैधानिक संकट आएको बताए । कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले कांग्रेस परिवर्तनको संवाहक भएको बताए । प्रदेश सभाका सदस्य लिला सुब्बाले समावेशीता र संघियताले देशको समृद्धी र विकास गर्ने वताईन् । नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले मुलुकमा अहिले कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको वताए ।

नेपाली कांग्रेस सहिदभूमी गाउपालिकाका सभापति तिर्थ राईको अध्यक्षतमा सम्पन्न भएको पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रममा महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,घनेन्द्रराज श्रेष्ठ,उपसभापति नविन किशोर शाक्य,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई ,जिल्ला सदस्यहरु कमोट फागु,मोहन वान्तवा,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,क्षेत्रिय सभापतिहरु जितेन्द्र राई,इन्दिरा थापा,छथरजोरपाटी गाउपालिका सभापति छत्र सुब्बा,नेपाल शिक्षक संघ प्रदेश १ का उपाध्यक्ष गंगाराम ढुंगाना,वडा सभापति श्याम राई,सचिव प्रदिव राई,नेपाल दलित संघका पालिका सभापति धन वहादुर परियार, लगायतले कांग्रेस अव शक्तिशाली पार्टी हुने बताएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button