राजनीतिसमाचारस्थानीय

खानेपानी आयोजनामा पैसा खाएको आरोप लगाउने कोइराला र फेसबुकमा भिडियो पोष्ट गर्ने पोङ्सुवाविरुद्ध प्रहरीमा उजुरी

धरान,

धरानको खानेपानी आयोजना ल्याउने सहमतिमा हस्ताक्षर गर्दा पैसा खाएको भनेर अभिव्यक्ति दिएका एकराज कोइराला र फेसबुकमा भिडियो पोष्ट गरेका निमा पोङ्सवाविरुद्ध किरात राई यायोक्खा सुनसरीले प्रहरीमा उजुरी दिएको छ ।

केही दिनअघि कोइरालाले हर्क साम्पाङ नेतृत्वको संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले विभिन्न राजनीतिक दलसँगै यायोक्खाले पनि हस्ताक्षर गरेर पैसा खाएको अभिव्यक्ति दिएका थिए । कोइराला तत्कालिन सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिमा नेकपा माओवादीतर्फबाट सहसचिव थिए । आन्दोलनरत समितिले २०७१ कार्तिक २२ गते ११ बुँदे सम्झौता गरेर खानेपानी आयोजनामा सहमति जनाएको थियो । उक्त समितिमा कोइराला पनि हस्ताक्षरकर्ता थिए ।

केही दिनअघि संस्थानमा भएको पत्रकार सम्मेलनमा भने कोइरालाले हस्ताक्षर गर्ते राजनीतिक दल र संस्थाहरुको नाम लिदै पैसा खाएको ठोकुवा गरेका थिए । यसअघि संघीय लिम्बुवान नेपालले पनि कोइरालाविरुद्ध ठाडो उजुरी दिएपछि उनले प्रहरी कार्यालयमा लिखितरुपमा माफी गरेर मिलापत्र भएको थियो भने सार्वजनिकरुपमा पनि आफुले गल्ती बोलेको भन्दै माफी मागेका थिए ।

अहिले पुनः यायोक्खाले कोइरालासँगै सञ्चारकर्मी पोङ्सुवाविरुद्ध पनि ठाडो उजुरी गरेको हो । पोङ्सुवाले कोइरालाको अभिव्यक्तिलाई फेसबुकमा पोष्ट गरेका थिए । ‘यायोक्खाले पनि पैसा खायो भनेर के के बोलेको रहेछ, त्यो फेसबुकबाट निमा पोङ्सुवाले पोष्ट गरेको हुनाले दुवैविरुद्ध उजुरी दिएका छौं,’यायोक्खा सुनसरीका अध्यक्ष वलराम राईले भने,‘भोली बिहान १० बजे प्रहरीले छलफलमा बोलाएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button