राजनीतिसमाचारहेडलार्इन

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्वोलाई मुख्यमन्त्रीद्वारा बर्खास्त

विराटनगर,

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन् । आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको आरोप लगाउँदै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेको बताइएको छ ।

संविधानको धारा १६९ को ९२० (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मन्त्रीलाई दिएको पत्रमा उल्लेख छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्वो आफै लागेको थाहापछि मुख्यमन्त्री राईले शनिवार साँझ उनलाई पदमुक्त गरेका हुन् ।

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई बर्खास्त गरेका छन्् । मुख्यमन्त्री राई ओली समूहका हुन् । दाहाल(नेपाल समूहले आइतबार प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी शुरु गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button