धर्म संस्कृतिसमाचार

पाथीभारा मन्दिर क्षेत्रमा डढेलो,आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउदै

ताप्लेजुङ,

पाथीभारा मन्दिर क्षेत्रमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याई आगो निभाउने काम भएको छ । ताप्लेजुङको पाथीभारा मन्दिर क्षेत्रको वनमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको हो । डढेलो नियन्त्रणबाहिर गएर पाथीभारा मन्दिरलाई नै जोखिम भएपछि आज दिउँसो हेलिकप्टरको मद्दतले पानी खन्याएर निभाउने प्रयास गरिएको थियो । पाथीभारा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले मन्दिरलाई आगोबाट जोगाउन हेलिकप्टरबाट पानी खन्याउने निर्णय गरेको होे । सोही निर्णय अनुसार सिम्रिक एयरको हेलिकप्टरबाट पानी खन्याइएको थियोे ।

ताप्लेजुङका पत्रकार खगेन्द्र अधिकारीका अनुसार जोर पोखरीबाट पानीलाई हेलिकप्टरमार्फत ५ पटक जति डढेलो भएको क्षेत्रमा खन्याइएको थियो । डढेलो लागेको क्षेत्रमा आगो पुर्णरुपमा निभेको छैन, तर पाथीभारा मन्दिर आगोबाट सुरक्षित रहेको पनि पत्रकार अधिकारीले बताए । भोली मंगलबार पनि हेलिकप्टरबाट पानी खन्याएर ढडेलोलाई पुर्णरुपमा निभाउन प्रयास गरिने उनले बताए । ‘हेलिकप्टरबाट ५ चोटी जति पानी खन्याइयो । अहिले मन्दिर क्षेत्रमा जोखिम छैन,’उनले भने,‘अग्नी रेखा पनि बनाइएको छ, मानिसहरुले पनि निभाउने प्रयास गरी नै रहेका छन् ।’

बिहिबारदेखि फुङलिङ नगरपालिका ११ स्थित सिम्बु सामुदायिक वन क्षेत्रबाट डढेलो शुरु भएको थियो । वनको ठुलो क्षेत्रफलमा सुकेको रुखहरुमा आगो सल्किएको, हावाको बेग चलेको र पानीको अभावले गर्दा आगो निभाउन सम्भव नभएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button