राजनीतिसमाचार

प्रदेश १ मा कांग्रेस पाटीमा प्रवेश गर्नेको लहर

धनकुटा,


नेकपाको विवाद भइरहेको बेला अन्य पाटीका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा पाटी प्रवेश गर्नेको लहर चलेको छ । धनकुटाको पाख्रिवासमा कांग्रेसको पाटी प्रवेश तथा समायोजन र क्रियाशिल सदस्यता वितरण कार्यक्रममा सयौ नवप्रवेशी नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।


राप्रपाका समायोजन भएका नेताहरु, नेकपा,जनतासमाजवादी पाटी र राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने समायोजन हुने सयौ नेता तथा कार्यकर्तालाई पूर्व मन्त्री तथा पाटीका सहमहामन्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, पाटीका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य ज्ञानु गुरुङ्ग,पाख्रिवासका कार्यवहाक सभापति प्रेम भण्डारी लगायतका नेताहरुले टिका माला,खादा लगई पाटीमा रुवागत गरेका थिए ।
कार्यक्रममा बोल्दै पाटीका सहमहामन्त्री सुनिल वहादुर थापाले लोकतन्त्रको रक्षा अव नेपाली कांग्रेसले मात्र गर्ने सक्ने भएकोले नेपाली कांग्रेस अव जनताको प्रिय पाटी हुने समेत बताएका थिए । ।केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले नेकपाको सरकार पूर्ण रुपमा असफल भएको बताए । प्रदेश सभा सदस्य लिला सुब्बाले महिला हिंसा दिन प्रतिदिन बढ्दै गएकोले यसलाई रोक्नु पर्ने वताईन् ।


जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस केन्द्रिय आदिवासी जनजाती समन्वय समितिका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई, उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोट फागु,ज्ञानु गुरुङ्ग,जयन्द्र घिसिङ्ग,प्रदेश सभा निर्वाचन क्षेत्रिय सभापति इन्दिरा थापा,पाख्रिवास नगर कार्यवहाक सभापति प्रेम भण्डारी,नेपाल महिलमा संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला ,नेपाली कांग्रेसका यूवा नेता कृष्ण थापा लगायतले नेकपाको सरकारले असबैधानिक ढंगले संसद विघटन गरेकाले सवैले प्रतिरोध गर्नु पर्ने बताएका थिए ।


अन्य पाटी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरु निमा तामाङ्ग,रण वहादुर राउत,विर्ख वहादुर तामाग,बिनोद तामाग,दिपक खड्का,लाल वहादुर थापा,रुपेश राई,अजय राई,गणेश गिरि,नर वहादुर गिरी, रञ्जीत राई,नर वहादुर गिरि,कुमारी भुजेल, देवि विक,गणेश गिरि,तिलक पुयाल कमला भुजेल,बिष्ण सुवेदी ,कृष्ण वहादुर राई,युद्ध राई,प्रविण राई लगायत ३४ जनाले पाटी प्रवेश गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।


कृष्ण थापा,निलम थापा,,गोपाल थापा,रमेश भण्डारी,लोक वहादुर मगर,मिन कुमारराई,बलाराम थापा,गोपाल राई,अशोक राई, देव कुमार राई,बिक्रम राई,पूर्ण राई,सन्जिव राई,कृष्ण राई लगायत ३ सय ३७ जना कांग्रेसमा प्रवेश गरेका राईले बताए । नवप्रवेशीहरुलाई पमुख अथिति लगायत पाटीका नेताहरुले खादा टिका लगाई पाटीमा स्वागत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button