
धरान,
धरान उपमहानगरपालिकाले धरान डे को अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।भोली सोमबार ‘धरान डे’ को अवसरमा सार्वजनिक विदा दिने बारे आज कार्यवाहक नगर प्रमुखस्तरीय निर्णय भएको वरिष्ठ प्रशासनकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार कोभिड १९ को कारण धरान डे मा यसबर्ष वडा तहमा विभिन्न कार्यक्रम गरी मनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।
सोही निर्णय अनुसार सोमबार नगरपालिकाले सरसफाई कार्यक्रम गर्नेछ भने विभिन्न वडाहरुले छुट्टाछुट्टै कार्यक्रमहरु गर्ने अधिकृत खतिवडाले जानकारी दिए । सार्वजनिक विदा भएकोले उपमहानगरपालिका, वडा कार्यालयहरु सबै बन्द हुनेछन् । धरान सहर स्थापना भएको सन्दर्भमा पुष २० लाई धरान डे मनाइदै आएको छ ।