राजनीतिसमाचारहेडलार्इन

संसद् विघटनविरुद्ध काँग्रेसले आज देशव्यापी प्रदर्शन गदै

काठमाण्डौं

प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार (आज) देशव्यापी विरोध कार्यक्रम गर्दैछ । विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ । सोही मुद्दालाई लिएर आज काँग्रेस ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रममा छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रपछि माघ ३ गते पालिका र माघ ८ मा वडा तह केन्द्रित विरोध प्रदर्शन गर्ने कार्यक्रम काँग्रेसको छ ।

यसअघि पुस १३ गते काँग्रेसले यीनै विषयमा १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको थियो । तर काँग्रेसको विरोध कार्यक्रमको उद्देश्य संसद पुनस्र्थापना भने बस्न सकेको देखिँदैन । सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वास कम छ । देउवाले निर्वाचनतिर बढी नै जोड दिइरहेको पाइन्छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले भने निर्वाचन र पुनःस्थापना दुवै नहुने खतारा औल्याइरहेको अवस्था छ

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button