
धरान,
सुनसरी धरानका पत्रकार तारा लामगादेद्धारा लिखित “को हुन् दलित” पुस्तकको विमोचन गरिएको छ । आज एक कार्यक्रमका बिच पुस्तक विमोचन गरिएको हो । धरान १२ चतरालाईनस्थित होटल पूर्वी स्टारमा आयोजित कार्यक्रममा प्रदेश १ का सांसद उमिता विश्वकर्मा, अग्रज पत्रकार भवानी बरालले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद उमिता बराईलीले बजारमा प्रकाशित पुस्तकहरु मध्ये दलित विषयमा लेखिएका पुस्तक कमै मात्रामा पाईने गरेको बताउँदै यस पुस्तकमा ५ हजार वर्षअघिका मोहनजोदाडो र हडप्पा सभ्यताको उल्लेख गरिएकाले पुस्तक दलित समुदायको लागि कोशेढुङ्गा सावित हुने समेत बताईन्।् । पाठ्यक्रमहरुमा पनि दलितको बारेमा समावेश गरिए मात्र दलितहरुमा लागेका नकरात्मक छापहरु हटेर जाने सांसद विश्वकर्माको भनाई थियो ।
कार्यक्रममा अग्रज पत्रकार भवानी बरालले पुस्तकामाथि टिप्पणी प्रस्तुत गरेका थिए । लेखक लामगादेले पुस्तकका बारेमा प्रकाश पारेका थिए । महाप्रतिवादका कार्यकारी सम्पादक अनिता रसाईलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । महाप्रतिवाद साप्ताहिक प्रकाशक रहेको सो पुस्तक १ सय ६३ पृष्ठ रहेको छ भने यस पुस्तककोे मुल्य ३ सय रुपैयाँ रहेको छ ।


