
धरान
धरानमा लागुऔषध सहित युवाहरु पक्राउ परेका छन् । धरान –५ मा प्रहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर हतुवागढी–९ बस्ने वर्ष २४ को आकाश खड्का र हतुवागढी– ८ बस्ने वर्ष ३१ को टिकाराम कार्की रहेका छन् ।
देवीगाउँ स्थित दुर्गा राईले सञ्चालन गरेको देवकला खाजा एण्ड हुक्का हाउसमा बसेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा निजहरुले लुकाइछिपाइ राखेको एक किलो गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
गाँजा बरामद गरी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।