
काठमाण्डौं,
प्रतिनिधि सभाको बैंठक आज बस्ने भएको छ । बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको हो । यसअघि प्रतिनिधि सभा पुनस्र्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो ।
उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थियो । बुधबार पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ । कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइरहेको छ ।